Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भिजिट भिसामा मलेसियासहितका खाडी मुलुक जान नपाउने गृहको निर्णय संशोधन

काठमाडौं । गृह मन्त्रालयले मलेसियालगायतका खाडी मुलुकहरुमा भिजिट भिसामार्फत् जान रोक लगाउने निर्णयलाई संशोधन गरेको छ ।

आइतबार मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै भिटिज भिसामा जान सबैलाई रोक लगाउने निर्णयलाई मन्त्रालयले खुकुलो पारेको जनाएका हुन्।

यसअघि शुक्रबार गृहले सोमबारदेखि लागू हुने गरी भिटिज भिसामा खाडी मुलुक र मलेसियामा जान सबैलाई रोक लगाउने निर्णय गरेको थियो । अब खाडी राष्ट्रबाहेक कम्तिमा दुई मुलुकको भ्रमण गरिसकेकालाई भ्रमण अनुमति दिइने छ ।

विरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई पनि जान दिने भनिएको छ । तर नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने विज्ञप्तिमा भनिएको छ ।

यस्तै, वैदेशिक रोजगारी व्यवसाय प्रबद्र्धनका लागि जाने मेनपावर कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधिलाई पनि जान दिने निर्णय भएको छ । वार्षिक न्यूनतम ६ लाख रुपैयाँ कर योग्य भएर व्यक्तिहरुले पनि भिजिट भिसामा उक्त देशहरु जान पाउने बताइएको छ।

यस्तो छ विज्ञप्ति: 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077