Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेश प्रदेश: लागूऔषधसहित ६०५ जना पक्राउ

रामनारायण यादव / जनकपुधाम । विगत ६ महिनामा मधेस प्रदेशको ८ वटै जिल्लाबाट लागूऔषधसहित ६ सय ५ जना पक्राउ परेका छन्।

चालु आर्थिक वर्षको ६ महिनामा ५ सय ९४ जना पुरुष र ११ जना महिलालाई लागूऔषधसहित पक्राउ गरिएको मधेस प्रदेश प्रहरीका प्रवक्ता एवंम प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

गाँजा १ हजार ७ सय १९ किलो, ब्राउन सुगर १३४ ग्राम, चरेस ४६ किलो, हिरोईन ८३ ग्राम, डाईलेक्स डिसी ९० लिटर, ट्याब्लेट ४० हजार ७ सय २८ पिस र इन्जेक्सन २२ हजार ४ सय ४६ पिस बरामद गरिएको प्रदेश प्रहरीका प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077