Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कारागारमा सजाय काटिरहेका एकजना थुनुवाको मृत्यु

    कारागारमा सजाय काटिरहेका एकजना थुनुवाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    मकवानपुर । मकवानपुरको कारागारमा सजाय काटिरहेका एकजना थुनुवाको मृत्यु भएको छ ।

    जिल्लाको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा सजाय काटिरहेका बारा जिल्लाको गढीमाई नगरपालिका–१० का ४५ वर्षीय अजयप्रसाद जैसवाल रहेको भीमफेदी कारागार प्रमुख मदन लामा थिङले जानकारी दिए ।



    सोमबार बिहान शौचालय जाँदा लडेर बेहोस भएका जैसवाललाई भीमफेदीमा उपचारपछि हेटौँडा अस्पतालमा ल्याउँदा उपचारको क्रममा उनको ज्यान गएको जनाइएको छ ।



    जैसवालको शव परिवारले बुझिसकेको प्रमुख थिङले बताए । जैसवाल गत वर्षको भदौ महिनादेखि लागुऔषध मुद्दामा सजाय काटिरहेको थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार