Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • झापा कारागारका चौकीदार शिवाकोटी र शेर्पाको सरूवा

    झापा कारागारका चौकीदार शिवाकोटी र शेर्पाको सरूवा

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 1.7K
    SHARES

    झापा । झापा जिल्ला कारागारका चौकीदार लयप्रसाद शिवाकोटी र पूर्वभाइ चौकीदार पासाङ शेर्पाको अन्यत्र सरूवा गरिएको छ ।

    कारागार प्रशासनले भाइ चौकीदार मनोज लावतीलाई सुनसरीस्थित झुम्का कारागार सरूवा गर्न लाग्दा शुक्रबार उनका पक्षका कैदीबन्दीहरू आन्दोलित बन्दै आगजानी र ढुंगामुढा गर्दा तनावग्रस्त बनेको थियो ।



    कारागारको तनावपूर्णस्थित तत्काल नियन्त्रणमा लिनलाई लावतीलाई सरूवा नगर्ने आदेश आएपछि आन्दोलन शान्त बनेको थियो । आन्दोलनपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कैदीबन्दीसँग वार्ता गरेका थिए ।



    चौकीदार शिवाकोटी र शेर्पालाई सरूवा गर्ने सहमति भएपछि आज उनीहरूलाई सरुवा गरिएको हो। सोही माग बमोजिम चौकीदार शिवाकोटी र शेर्पालाई आइतबार दिउँसो यहाँबाट पठाइएको छ ।

    कारागार व्यवस्था विभागको आदेश बमोजिम शिवाकोटीलाई झुम्का कारागार र शेर्पालाई केन्द्रीय कारागार काठमाडौं पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार