Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • होण्डुरसको महिला कारागारमा झडप, ४१ कैदी बन्दीको मृत्यु

    होण्डुरसको महिला कारागारमा झडप, ४१ कैदी बन्दीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 1.3K
    SHARES

    एजेन्सी । मध्य अमेरिकी मुलुक होन्डुरसको एक महिला कारागारमा भएको झडपमा ४१ जनाको मृत्यु भएको छ ।

    होन्डुरसको राजधानी टेगुसिगाल्पामाबाट २० किलोमिटर टाढा रहेको कारागारमा परस्परी बिद्रोही समूह र अन्य कैदीबन्दीबीच मंगलबार झडप भएको हो । सो झडपपछि कारागारमा आगजनी गरिएको थियो ।



    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अधिकांशको जलेर तथा केहीको गोली लागेर मृत्यु भएको छ । सो कारागारमा कम्तीमा पनि ९ सय महिला कैदी बन्दी रहेका थिए । झडपकोबीच कारागारको आधिकांश भाग जलेर नष्ट भएको छ ।



    यो घटना लगत्तै होन्डुरसका उप सुरक्षामन्त्री जुलिसा विलानुएभाले देशमा आपतकाल घोषणा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार