Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा गुडिरहेको कार पुलबाट खस्यो, बीजेपी विधायकका छोरासहित ७ मेडिकल विद्यार्थीको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतस्थित महाराष्ट्रको वर्धामा भएको सडक दुर्घटनामा परी भारतीय जनता पार्टी (भाजपा) विधायक विजय रहाङडालेका छोरा आविष्कार रहाङडालेसहित ७ जना मेडिकल विद्यार्थीको मृत्यु भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार सोमबार राती मेडिकलका विद्यार्थीहरु खाना खाएर वर्धा जाँदै थिए । पुलबाट कार पार गर्ने क्रममा चालकले नियन्त्रण गुमाएपछि कार २०–४० फिट गहिरो खाडलमा खसेको थियो । दुर्घटनामा परेको कार पुरै ध्वस्त भएको बताइएको छ । घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077