Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले विद्यार्थीहरूलाई कोरोना भाइरसविरूद्ध खोप लगाउन यही माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त मितिमा देशैभरका विद्यालय खुल्ने र त्यो बेला सबै विद्यार्थीलाई खोप लगाउनुपर्ने बताइएको छ।

यसअघि कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले विद्यालय बन्द गरेको थियो। 'स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्नेछ,' मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी बिज्ञप्तिमा भनिएको छ।

खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू छिट्टै पुन सञ्चालन गरिने मन्त्रालयको भनाइ छ।

यस्तो छ मन्त्रालयको सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077