Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • छैन उपत्यकामा सिटामोलको अभाव, तीन दिनभित्र सबै ठाउँमा सिटामोल

    छैन उपत्यकामा सिटामोलको अभाव, तीन दिनभित्र सबै ठाउँमा सिटामोल

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 966
    SHARES

    काठमाडौं । उपत्यकाको बजारमा सिटामोलको भण्डारण पर्याप्त नभए पनि अभाव भने नभएको पाइएको छ ।

    सिटामोलको विषयमा अनुगमन नियमित भइरहेको र सुरुको अवस्थाभन्दा अहिले धेरै सहज भएकाले अबको तीन दिनभित्र सिटामोल सबै ठाउँमा छ्याप्छ्याप्ती पाइने भनाइ उत्पादकहरूको छ ।



    उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले आ–आफ्नो जिल्लामा गरेको अनुगमनमा सिटामोलको अभाव नभएको पाइएको हो ।



    तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले पछिल्ला चार÷पाँच दिनदेखि बजारमा सिटामोलको अवस्थाबारे अनुगमन गर्दा सञ्चारमाध्यमबाट बाहिरिएको हल्ला यथार्थ नभएको दाबी गरे ।

    ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले मङ्गलबार ललितपुरका विभिन्न ठाउँमा अनुुगमन गर्ने क्रममा सिटामोल नै नपाउने अवस्था नरहेको बताए । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार