Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नियमित सिटामोल सेवनले उच्च रक्तचाप हुन सक्ने डाक्टरहरुको चेतावनी

    नियमित सिटामोल सेवनले उच्च रक्तचाप हुन सक्ने डाक्टरहरुको चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । लामो समयसम्मको नियमित पारासिटामोल सेवनले ‘उच्च रक्तचाप’ हुनसक्ने एक अध्ययनले देखाएको छ।साथै, उच्च रक्तचाप भएका बिरामीले लामो समयसम्म नियमित पारासिटामोल औषधि खाँदा त्यसले ह्रदयघात र मस्तिष्कघातको जोखिम बढ्न सक्ने अध्ययनको दाबी छ।

    रिपोर्टका अनुसार एडिनबरा विश्वविद्यालयका अध्ययनकर्ताहरूले बिरामीलाई दीर्घकालीन रूपमा पारासिटामोल खान सिफारिस गर्नुअघि डाक्टरहरूले यसको जोखिम र फाइदालाई विचार गर्नुपर्ने बताएका छन्।



    उनीहरूले टाउको दुख्दा र ज्वरोका लागि पारासिटामोल खाँदा भने सुरक्षित हुनेमा जोड दिएका छन्। अन्य विज्ञहरूले यो अध्ययनको नतिजालाई बलियोसँग पुष्टि गर्न यस विषयमा थप धेरै मानिसमा लामो अवधिको अध्ययन आवश्यक भएको बताएका छन्।



    सामान्य दुखाइ कम गर्ने औषधिका रूपमा पारासिटामोल विश्वभर व्यापक प्रयोग गरिन्छ । यसको फाइदा प्रमाणित नभए पनि दिर्घकालीन दुखाइको समस्या कम गर्नका लागि पनि सिफारिस गर्ने गरिएको छ।

    सन् २०१८ मा स्कटल्यान्डमा पाँच लाख जनालाई पारासिटामोल सिफारिस गरिएको थियो । यूकेमा मात्रै ३३ प्रतिशत जनसङ्ख्यालाई उच्च रक्तचापको समस्या छ।एडिनबरा विश्वविद्यालयको अध्ययनले ११० जना स्वयंसेवीहरूलाई समेटेको थियो जसमध्ये दुई तिहाइ उच्च रक्तचापको समस्या भएका व्यक्ति थिए।

    अध्ययनको परीक्षणमा उनीहरूलाई दुई साता दैनिक चार पटक एक ग्राम पारासिटामोल सेवन गर्न लगाइएको थियो र अर्को दुई साता उनीहरूलाई सेवन नगर्न भनिएको थियो। परीक्षणले पारासिटामोलले रक्तचाप बढाएको देखियो जुन ह्रदयघात र मस्तिष्कघातको सबैभन्दा महत्त्वपूर्ण कारक हो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार