Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुत्ला दहन

ताप्लेजुङ । ताप्लेजुङमा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणुकुमारी यादवको पुत्ला दहन भएको छ ।

नेकपा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री देउवाले आलटाल गरेको तथा मन्त्री यादवले हिंसात्मक कार्यलाई प्रोत्साहन दिनेगरी दिएको अभिव्यक्तिविरुद्ध आन्दोलन स्वरुप मंगलबार साँझ सदरमुकाम फुङ्लिङमा पुत्ला दहन गरेको हो ।

एमाले पार्टी कार्यालयबाट सुरु भएको विरोध र्‍याली वीरेन्द्रचौकमा आएर पुत्ला दहनमा परीणत भएको अनेरास्ववियुका कार्यवाहक जिल्ला अध्यक्ष विवेक बानियाँले जानकारी दिए ।

रौतहटको गौरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका कार्यकर्ताले गरिरहेको आन्दोलनको विरोध गर्दै गौर हत्याकाण्ड दोहो¥याउने अभिव्यक्ति दिएकी थिइन् । अहिले यसको सर्वत्र विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077