Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुत्ला दहन

    प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुत्ला दहन

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1.2K
    SHARES

    ताप्लेजुङ । ताप्लेजुङमा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणुकुमारी यादवको पुत्ला दहन भएको छ ।

    नेकपा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री देउवाले आलटाल गरेको तथा मन्त्री यादवले हिंसात्मक कार्यलाई प्रोत्साहन दिनेगरी दिएको अभिव्यक्तिविरुद्ध आन्दोलन स्वरुप मंगलबार साँझ सदरमुकाम फुङ्लिङमा पुत्ला दहन गरेको हो ।



    एमाले पार्टी कार्यालयबाट सुरु भएको विरोध र्‍याली वीरेन्द्रचौकमा आएर पुत्ला दहनमा परीणत भएको अनेरास्ववियुका कार्यवाहक जिल्ला अध्यक्ष विवेक बानियाँले जानकारी दिए ।



    रौतहटको गौरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका कार्यकर्ताले गरिरहेको आन्दोलनको विरोध गर्दै गौर हत्याकाण्ड दोहो¥याउने अभिव्यक्ति दिएकी थिइन् । अहिले यसको सर्वत्र विरोध भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार