Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रेशम चौधरी रिहाइको विरोधमा पूर्वप्रहरी संगठनले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

    रेशम चौधरी रिहाइको विरोधमा पूर्वप्रहरी संगठनले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 2.6K
    SHARES

    सुनसरी । रेशम चौधरीलाई सरकारले आममाफी दिएको भन्दै पूर्वप्रहरी कर्मचारी संगठन सुनसरीले इनरूवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

    जन्मकैद सजाय भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आममाफी दिएको भन्दै इनरूवा बस चोकमा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका हुन् ।



    प्रहरी उच्च अधिकारी सहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट पुगेको पूर्वप्रहरी कर्मचारीको ठहर छ ।



    पुत्ला दहन कार्यक्रममा प्रदर्शनकारीले नेपाल सरकारको सिफारिसमा चौधरीलाई राष्ट्रपतिले आममाफी दिनु मुलुकको कानूनी राज्य प्रतिको उपहास भएको बताएका छन् ।

    सरकारले आममाफी दिएसँगै टिकापुर हत्याकाण्डका योजनाकार भनिएका चौधरी सोमबार रिहा भइसकेका छन् । २०७२ साल भदौं ७ गते कैलालीको टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार