Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले जलायो प्रधानमन्त्री देउवाको पुत्ला

    मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले जलायो प्रधानमन्त्री देउवाको पुत्ला

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 819
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)निकट अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

    बिहिबार अपरान्ह काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धको विरोधमा प्रदर्शन अनेरास्ववियुले प्रधानमन्त्री देउवाको पुत्ला जलाएको हो ।



    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचनको मिति छिटो घोषणा गर्नुपर्नेमाग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको थियो ।



    सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको थियो। हाल पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार