Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले युक्रेनमाथि आक्रमण गरे पुटिनमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरे रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् ।

युक्रेनमाथि अआक्रमण गरे रुसी राष्ट्रपति पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने बाइडेनले चेतावनी दिएका हुन् । रसियाले युक्रेनमा कुनै कदम चालेमा संसारका लागि ठूलो परिणाम हुने पनि अमेरिकी राष्ट्रपति बाइडेनले बताएका छन् ।

रसियाले युक्रेनमा आक्रमण गरे मस्कोले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला बाइडेनको पनि पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने अभिव्यक्ति सार्वजनिक भएको हो ।

उता युक्रेन मामिलालाई लिएर अमेरिका र उसका साझेदारहरुले तनाब बढाएको रसियाले आरोप लगाएको छ । त्यस्तै, युक्रेनामथि अतिक्रमण गर्ने आफ्नो कुनै नीति नभएको पनि रसियाको भनाई छ । तर, यक्रेनसँगको सीमामा मस्कोले क्याम्पहरु खडा गरेर झन्डै एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077