Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनकपुरमा सिके राउतका कार्यकर्ताको लाठी प्रदर्शन

रामनारायण यादव / जनकपुरधाम । जनकपुरमा जनमत पार्टीका कार्यकर्ताहरु आज विहानैदेखि सडकमा प्रर्दशन गरिरहेका छन् ।

राष्ट्रियसभा निर्वाचनको मतदान भइरहेको स्थल वरपर जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरेपछि प्रहरीले भिड नियन्त्रणमा लिन खोज्दा दुबै पक्षबीच झडप भएको हो ।

जनमत पार्टीका कार्यकर्ताहरु भाटासहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले जनकपुरधामका विभिन्न क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीले किसानलाई मल दिनुपर्ने बताइरहेका छन् ।

उनीहरूले पहिले मल देऊ अनि मात्र भोट भनेर पलेका बोकेर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077