Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतको ७३ औँ गणतन्त्र दिवस: नेपाललाई ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गरिँदै

    भारतको ७३ औँ गणतन्त्र दिवस: नेपाललाई ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गरिँदै

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । कोभिड १९ रोकथामका लागि नेपाल सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डको पालनाका साथ भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा विविध कार्यक्रम आयोजना गरियो ।

    त्यस अवसरमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपति रामनाथ कोविन्दले गणतन्त्र दिवसका अवसरमा जारी गरेको सन्देश वाचन गरेका थिए । भारतीय राजदूत क्वात्राले वीराङ्गना र मृतक सैनिकका निकटतम नातेदारलाई रु ६ करोड ३५ करोड नगद तथा कम्बल वितरणसहित सम्मान गरे ।



    मानवीय प्रयासका सबै क्षेत्रमा भारतले हासिल गरेका उल्लेखनीय उपलब्धि र भारतको स्वतन्त्रताको ७५औँ उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’को एक अङ्गका रुपमा आजको कार्यक्रमको आयोजना गरिएको हो । आजादीका अमृत महोत्सवअन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महिनासम्म अन्य धेरै कार्यक्रम आयोजना गरिने भारतीय दूतावासले जनाएको छ ।



    दूतावासका अनुसार आजादीका अमृत महोत्सव मनाउने सन्दर्भका साथै दुवै देशबीच कूटनीतिक सम्बन्ध कायम भएको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजना यसै वर्ष उद्घाटन गरिने भएको छ ।

    त्यसैगरी नेपालका विभिन्न सामाजिक सङ्घसंस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कुलबस उपहारस्वरुप प्रदान गर्ने कार्यक्रम छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार