Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा मतगणना सुरु

कैलाली । राष्ट्रिय सभाको तीन सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनको मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

धनगढीस्थित प्रदेशसभाको परिसरमा सुदूरपश्चिम प्रदेशका लागि मतदान स्थल तोकिएको थियो ।

प्रदेशसभाका सबै ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७५ मत खसेको प्रदेश निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए ।

मतगणना प्रदेशसभा परिसरभित्रै भइरहेको छ । तीन जना राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ गठबन्धन र नेकपा एमाले चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077