Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पूर्वकप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल प्रहरीमा जागिर खाएको अभियोगमा खड्काविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार खड्काले पेस गरेको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानमा खुलेको छ ।

आयोगका अनुसार खड्का महानगरीय प्रहरी गण नं २ मा दरबन्दी भइ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद समितिमा प्रहरी नायब निरीक्षकका रूपमा कार्यरत थिए ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार खड्काले प्रहरीमा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र माध्यमिक शिक्षा परिषद् वाराणसी, उत्तर प्रदेशबाट जारी भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077