Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बिहानै बैतडीमा बस दुर्घटना हुँदा १३ जना घाइते

बैतडी । बैतडीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

महेन्द्रनगरबाट पञ्चेश्वर आउँदै गरेको ना ६ ख २५७० नम्बरको रात्रिबस बिहीवार बिहान ५ः३० बजे पाटन–पञ्चेश्वर सडकखण्डको रौतगाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको नामावली आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077