Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम 'उत्सव' सकियो : विष्णु रिमाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम “उत्सव” सकिएको टिप्पणी गरेका छन् ।

आज बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राष्ट्रियसभाको निर्वाचनबाट अपहरित पूरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम उत्सव सकिएको टिप्पणी गरेका हुन् ।

उनले अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्ने पनि बताएका छन् ।

''स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन्,' उनले भने,'बिधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन ।''

साथै उनले चौतर्फी घेरा तोडेर एमालेबाट विजयी सोनाम ग्याल्जेन शेर्पालाई बधाई समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077