Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ग्यास बुलेटमा च्यापिएर बालाजुमा बुलेट चालक भारतीय नागरिकको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्यापिंदा बुलेट चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् ।

बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर राखिएको बुलेटको सिसा पुछ्दै गर्दा आज बिहान उनको ज्यान गएको बालाजु प्रहरलिे जनाएको छ । राजवंशी सिसा पुछिरहेकै बेला ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए ।

चालक राजवंशीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । राजवंशी च्यापिएको अर्को बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077