Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इरान एसियाबाट कतार विश्वकपका लागि छनोट

एजेन्सी । इरान एसियाली मुलुकबाट कतार विश्वकप २०२२ मा छनोट हुने पहिलो टोली बनेको छ ।

गएराति घरेलु मैदानमा इराकलाई १-० अन्तरले पराजित गर्दै इरान विश्वकपको लागि छनोट भएको हो । कतार विश्वकपका लागि छनोट हुने आयोजक पछि इरान एसियाको पहिलो देश हो ।

इरानलाई विश्वकपमा पुर्‍याउन मेहदी तारेमीले निर्णायक गोल गरे। उनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै इरानलाई सुरूआती अग्रता दिलाएका थिए। खेलमा दुबै तर्फबाट गोलका केही प्रयासहरू भए पनि गोल हुन नसक्दा इरान १-० ले विजयी भयो ।

इरानले समूह ‘ए’ मा सात खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको दक्षिण कोरियाको समान खेलबाट १७ अंक छ । इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077