Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोट : चिलीमाथि अर्जेन्टिनाको रोमाञ्चक जित

एजेन्सी । विश्वकप दक्षिण अमेरीकी छनोटअन्तर्गत अर्जेन्टिनाले घरेलु टोली चिलीलाई पराजित गर्दै विजयी भएको छ ।

आज बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ गोलले पराजित गरेको हो ।​

स्टेडियो जोरोस डेल डिजायरटोमा अर्जेन्टिनालाई जित दिलाउन एन्जल डि मारिया र लाउटारो मार्टिनेजले गोल गर्दा चिलीका बेन ब्रेरेटन डियाजले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा डि मारियाको गोल मार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो ।

३४ औं मिनेटमा मार्टिनेजले गरेको गोल नै निर्णायक बन्दा अर्जेन्टिनाले २-१ को रोमाञ्चक जित निकाल्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077