Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सार्वजनिक भेलामा कोरोना सार्दै हिड्ने एमाले अध्यक्ष ओलीलाई कारबाही गर्न माग

    सार्वजनिक भेलामा कोरोना सार्दै हिड्ने एमाले अध्यक्ष ओलीलाई कारबाही गर्न माग

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण फैलाउदै हिँडेको भन्दै कारबाही गर्न माग गरिएको छ । कोरोना संक्रमण निको नहुँदै सार्वजनिक कार्यक्रममा सहभागि भएका अध्यक्ष ओलीलाई संक्रमण फैलाउदै हिँडेको आरोप समेत लागेको छ ।

    गत माघ ९ गते कोरोना पुष्टि भएका ओली संक्रमणको चौथो दिनमा नै सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए । एमालेको भ्रातृ संगठन युवा संघले बुधबार माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका थिए । कार्यक्रममा सांसदसमेत रहेका एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।



    यता, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कोरोना फैलाउँदै हिँडेको भन्दै सामाजिक संजालहरुमा उनको चर्को आलोचना भएको छ। उनीमाथि संक्रामक रोग नियन्त्रण ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाहीको माग समेत गरिएको छ।



    कोरोनासम्बन्धी प्रशासनको पछिल्लो नियम अनुसार यदी कोरोनाको लक्षण देखिए ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ । साथै, रिपोर्ट पोजेटिभ आएमा स्वास्थ्य अवस्था हेरेर आइसोलेसन बस्नेदेखि रिपोर्ट नेगेटिभ नआएसम्म सार्वजनिक स्थानमा निस्किन पाइदैन ।

    ओलीले उक्त नियम उलंघन गरेर प्रशासनकै खिल्ली उडाएको आरोप छ। सामाजिक सञ्जालमा अध्यक्ष ओलीलाई कारबाही गर्न चर्को आवाज उठ्न थालेको छ । सार्वजनिक भेलामा कोरोना सार्दै हिड्न पाइदैन भन्दै अध्यक्ष ओलीलाई संक्रमण रोग ऐन अनुसार तुरुन्त कार्वाही गर्न माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार