Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फेसबुकमार्फत् महिलासँग नग्न तस्बिर माग्ने मुक्ति खनाल साइबर ब्यूरोको फन्दामा

काठमाडौं । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका -७ सिस्नेरीका ३१ बर्षीय मुक्ति खनाल भन्ने मुक्तिनाथ खनाल रहेका छन्। खनाललाई ब्यूरोको टोलीले वैदेशिक रोजगारीबाट फर्कदै गर्दा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

ब्यूरोका अनुसार पक्राउ परेका मुक्तिले विदेशबाट फेसबुमार्फत् महिलालाई साथी बनाई उनीसँगको कुराकानीमा नंग्न तस्बिरहरु पठाउन धम्की दिने गरेका थिए।

उनीमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077