Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राजस्व छली मुद्दामा जेल परेका उमाशंकरलाई २५ हजार धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राजस्व छली मुद्दामा ७५ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल परेका उमाशंकर रायभारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले रायभारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

यसअघि उच्च अदालत पाटनले रायभारसँग ७५ लाख रुपैयाँ धरौटी माग  गरेको थियो । सर्वोच्चको फैसलाले उच्च अदालतको आदेश समेत बदर गरिदिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077