Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाकाली नदिमा बगेर एक युवकको मृत्यु

दार्चुला । दार्चुलाको खलंगास्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु भएको छ ।

शुक्रवार दिउँसो नुहाउनका लागि नदीमा गएका व्यास गाउँपालिका–४ का २१ वर्षीय सुवास कुँवरका उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

खलंगाको बंगाबगडमा महाकालीमा बगेका ती युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

महाकाली नगरपालिका–४ मा उनी कोठा भाडामा लिएर बस्दै आएका थिए । कम्प्युटर सिक्नका लागि कुँवर ब्यासबाट खलंगा आएको प्रहरीले जनाएको छ ।

मृत्युपछि युवकको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077