Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

काठमाडौंमा आज रातिदेखि नयाँ नियम लागू, के गर्न पाइन्छ, के पाइदैन ? (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि नयाँ नियम लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गरेका छन् । काठमाडौंका (सीडीओ) गोविन्दप्रसाद रिजालले आज राति १२ बजेदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन् ।

कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ । नयाँ आदेशअनुसार विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ ।

सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइएको छ । तर निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ । सो निर्णय आज मध्यरातिबाट नै लागू हुने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिए ।

यसअघि शुक्रबार नै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077