Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खैरो हेरोइनसहित एकजना पक्राउ

बारा । बारामा खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको विश्रामपुर गाउँपालिका १ बटम चोकबाट भारत विहार, जिल्ला मोतिहारी, थाना हरपुर, ग्राम पञ्चायत हरपुर वडा नम्बर १२ ग्राम रामपुर बस्ने वर्ष ३२ का नवाब हुसेनलाई प्रहरीले पक्राउ गरेको हो ।

सीमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

हुसेनले चलाई ल्याएको भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको भाइजरको भागमा लुकाई छिपाई राखेको अवस्थामा २१ ग्राम अवैध लागू औषध खैरो हेरोइन फेला परेको उनले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077