Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मौसम आजदेखि केही सुधार हुँदै जाने, तराईमा हुस्सु र कुहिरो कायमै

    मौसम आजदेखि केही सुधार हुँदै जाने, तराईमा हुस्सु र कुहिरो कायमै

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । केही दिनयता धुम्मिएको मौसम आजदेखि केही सुधार हुने बताइएको छ ।

    न्यून चापीय प्रणालीको प्रभाव हिजोदेखि नै कम हुन थालेको र आजदेखि थप सुधार हुँदै जाने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।



    उनका अनुसार मौसम पूर्णरुपमा खुल्न भने केही दिन लाग्नेछ । पानी परेपछि मात्रै मौसम पूर्णरुपमा खुल्ने भए पनि तत्काल पानी पर्ने सम्भावना नदेखिएको उनले बताए ।



    काठमाडौंसहित देशका धेरै ठाउँमा आज, हिजो अस्तिको तुलनामा अलि बढी समय घाम लाग्नेछ । तराईमा हुस्सु र कुहिरो कायमै छ । तर केही क्षेत्रमा हुस्सु कुहिरो पनि बिस्तारै हटेर दिउँसो घाम लाग्ने मौसमविद् पौडेलले जानकारी दिए ।

    केही दिनयता राम्ररी घाम नलाग्दा देशभरको मौसम धुम्मिएकाले चिसो बढेको छ । चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन मौसमविद्ले आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार