Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आजदेखि पाँच दिन विद्यालय खुल्ने, विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह

    आजदेखि पाँच दिन विद्यालय खुल्ने, विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन् । स्वास्थ्य मापदण्डका नियम पालना गरी विद्यार्थीलाई खोप लगाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि विद्यालय खोल्न निर्देशन दिएको थियो ।

    सोही अनुसार आजदेखि पाँच दिनका लागि विद्यालय खोल्न लागिएको हो । मन्त्रालयले गएको मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो ।



    साथै पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन भनिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ ।



    पहिलो चरणमा खोप लगाउन छुटेका विद्यार्थीलाई अबका पाँच दिन खोप दिइनेछ । यस्तै कोरोना सङ्क्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभिड–१९ व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले सिफारिस गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार