Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आजबाट विद्यालय सुचारु, १० हजार विद्यार्थी पुस्तकविहीन

    आजबाट विद्यालय सुचारु, १० हजार विद्यार्थी पुस्तकविहीन

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 459
    SHARES

    काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि आजबाट विद्यालय खुल्दै छन् । प्रदेश सरकारले केही दिन विद्यार्थीलाई विद्यालयमा बोलाएर भूकम्पछिको विद्यालयको अवस्थाबारे जानकारी दिएर बिदा दिने तयारी गरेको छ ।

    ‘भूकम्प आउँदा बच्ने उपाय, अनलाइन कक्षा सञ्चालनलगायतको विषयमा जानकारीसहित केही समय ओरेन्टेसन गर्ने तयारीसहित विद्यालय खोल्न आग्रह गरेका छौँ’ –कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा। भोजराज काफ्लेले भने । उनका अनुसार विद्यालयमा भएको अपूरणीय क्षति न्यूनीकरण गर्ने विषयमा समेत विद्यार्थीलाई जानकारी दिइने छ ।



    मन्त्रालयका अनुसार कात्तिक १७ गते शुक्रबार गएको भूकम्पका कारण १० हजार विद्यार्थी घर र पुस्तकविहीन भएका छन् । उनले भने, ‘१० हजार विद्यार्थीको सबै पुस्तक पुरिएको छ, भग्नावषेश घरबाट पुस्तक निकाल्न सक्ने अवस्था छैन ।’ भूकम्पमा परी करिब ४० हजार विद्यार्थी प्रभावित भएका छन् । भूकम्पले ६७ जना विद्यार्थीको ज्यान गएको छ ।



    जसमा सबैभन्दा धेरै रूकुमपश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको छ । रूकुमपश्चिममा ३६ र जाजरकोटमा ३५ गरी ७१ विद्यार्थी घाइते भएका छन् । भूकम्पमा परी जाजरकोटका १ शिक्षकको मृत्यु भएको छ ।

    रूकुमपश्चिम र जाजरकोटमा १–१ गरी दुई शिक्षक घाइते भएका छन् । चाडबाडका कारण विद्यालय बन्द भएकाले धेरै मानवीय क्षति नभएको हो ।

    सचिव डा। काफ्लेले भूकम्पबाट क्षति भएका विद्यालयमा तत्काल अस्थायी अध्ययन केन्द्र (टीएलसी) निर्माण गर्ने तयारी गरेको जानकारी दिए । कर्णाली प्रदेशले पूर्ण र आंशिक क्षति भएका विद्यालयमा टीएलसी निर्माण गर्ने तयारी गरिरहेको छ ।

    मन्त्रालयले एक महिना लामो बिदापछि आजबाट विद्यालय खुल्दा ३० प्रतिशत विद्यार्थी प्रभावित भएको आँकलन गरेको छ । भूकम्पबाट क्षति भएका जाजरकोट र रूकुमपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत १ लाख ३३ हजार ६ सय ८७ जनामध्ये ४० हजार १ सय १० विद्यार्थी भूकम्पबाट प्रभावित भएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार