Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • काठमाडौंका ७१ विद्यालयमा पुसदेखि नयाँ प्रधानाध्यापक

    काठमाडौंका ७१ विद्यालयमा पुसदेखि नयाँ प्रधानाध्यापक

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राजधानीका ७१ वटा विद्यालयमा पुस पहिलो साताबाट नयाँ प्रधानाध्यापकले काम थाल्ने भएका छन् ।

    कामपा शिक्षा विभागले सार्वजनिक सूचना जारी गरी प्रअ र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आहृवान गरेको छ। जसमा १ प्रधानाध्यापक र ११ जना स्रोत शिक्षक माग गरिएको छ ।



    कामपा शिक्षा विभागका अधिकारीसीताराम कोइरालाले मसिर १ गतेबाट प्रक्रिया शुरू गरी पुस पहिलो साताभित्र विद्यालयमा नया प्रअ र स्रोत शिक्षकले काम थाल्ने जानकारी दिए ।



    कमपाको शिक्षा ऐन २०७५ (संशोधनसहित) को दपत्र २९ (क) बमोजिम विद्यालयमा पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नका लागि दरखास्त आह्वान गरेको शिक्षा अधिकारी कोइरालाले जानकारी दिए ।

    विभागले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुत्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरेको हो । प्रधानाध्यापकका लागि कम्तीमा सम्बन्धित तहमा पाँच वर्ष स्थायी सेवा अवधि भएको हुनुपर्ने प्रावधान राखिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार