Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अत्याउने खालका अभिव्यक्ति नदिन पश्चिमा मुलुकलाई युक्रेनी राष्ट्रपतिको आग्रह

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशको सिमानामा रुसी सेनाको तैनाथीलाई लिएर अत्याउने खालमा अभिव्यक्ति नदिन पश्चिमा राष्ट्रहरुलाई आग्रह गरेका छन् ।

आसन्न आक्रमणको चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको उनले गुनासो गरे ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले अर्को महिना आफ्नो छिमेकीमाथि आक्रमण गर्न सक्ने जिकिर गरेका थिए । उता रुसले भने आफुले युक्रेनसँग युद्ध नचाहेको भन्दै आक्रमणको हल्ला निराधार रहेको जिकिर गर्दै आएको छ ।

आफ्नो सिमानामा रुसले करिब १ सेना तैनाथ गरे पनि राष्ट्रपति जेलेन्सकीले अघिल्लो हिउँदयामको भन्दा ठूलो खतरा नदेखेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077