Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गठबन्धन तोड्न चाहनेहरु चुनावसँग डराए: माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनको शक्तिसँग डराएका दक्षिणपन्थी शक्तिहरू भने चुनावसँग आत्तिएर भ्रम छर्न थालेका आरोप लगाएका छन्।

शनिबार निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो लगाएका हुन्। ‘चुनाव वैशाखमै भए पनि हामी सामना गर्न तयार छौं,' नेपालले भने, 'जेठ वा असारमा गर्ने भए पनि सामना गर्न हामी तयार छौं ।'

शनिबार बिहान मात्रै पनि गठबन्धनको बैठक बसेको र चुनावको मितिबारे छलफल भएको भन्दै गठबन्धनले छिट्टै चुनावको मितिबारे निर्णय लिने नेपालको भनाइ छ ।

नेता नेपालले सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धन आगामी चुनावसम्मै रहने दाबी समेत गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077