Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यान । अटो दुर्घटना हुँदा सल्यानमा एक जनाको ज्यान गएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका स्थित लुहामबाट टुनिबोटतर्फ जाँदै गरेको रा १ त ५०२२ नम्बरको अटो दुर्घटना हुँदा चालक त्रिवेणी गाउँपालिका ५ मुला बारीका टेक बहादुर विकको मृत्यु भएको हो ।

राप्ती राजमार्गमा शनिबार दिउँसो दुर्घटनामा घाइते भएका विकको उपचारको क्रममा सल्यान जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल अटो खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077