Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

बसको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं । बसको ठक्करबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ ।

शनिबार दिउँसो सूर्यविनायक नगरपालिका–९ को नलिञ्चोक बाँघघारीमा बसको ठक्करबाट बा७०प ९१३८ नम्बरको मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा बसमा सवार दोलखाको गौरीशंकर गाउँपालिका–२ कि गंगा बस्नेत रहेकी छन् । उनलाई बा५ख ३०२० नम्बरको बनेपाबाट काठमाडौंतर्फ आउँदै गरेको बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतको भक्तपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077