Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सहिद दिवस आज देशभर मनाइँदै

काठमाडौं । सहिद दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइने गरिन्छ ।

सहिद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्ममक्त माथेमा र शुक्रराज शास्त्रीको सम्झनामा सहिद दिवस मनाइन्छ। हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो ।

ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उनीहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो। त्यति गर्दा पनि कायल नभएपछि ज्यान जाने गरी गोली ठोकिएको थियो।

माघ १० गतेदेखि सुरु भएको सहिद सप्ताह अन्तर्गत आइतबार प्रधानमन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम हुँदैछ । बिहान ९ बजे सहिद स्मारक लैनचौरमा सहिद स्मृति कार्यक्रम हुन लागेको हो।

कार्यक्रममा प्रधानमन्त्रीसहित सीमित उच्च विशिष्ट व्यक्तिको उपस्थितिमा ज्ञात अज्ञात सहिदको स्मरणमा मौनधारण गरिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077