Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बालुवाटार वार्ता:

    एमसीसी पास नगरे गठबन्धन भत्काइदिने प्रधानमन्त्री देउवाको चेतावनी

    एमसीसी पास नगरे गठबन्धन भत्काइदिने प्रधानमन्त्री देउवाको चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनी दिएका छन् ।

    स्रोतका अनुसार शनिबार साँझ सत्तारुढ पाँच दलको बैठक राखेर स्थानीय निर्वाचनमा जेठमा गर्ने सहमति जुटाएका देउवाले एमसीसीबारे छलफल गर्दै यस्तो चेतवानी दिएका हुन् ।



    बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ज्ञानेन्द्रबहादुर कार्की थिए ।



    बैठकमा कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने भन्दै संसदबाट अनुमोदन गर्नुपर्ने बताएको स्रोतको भनाइ छ ।

    स्रोतका अनुसार शनिबारको बैठकमा प्रधानमन्त्री देउवाले जसरी भए पनि एमसीसी पास गर्ने अडान राखेका थिए । जसका कारण शीर्ष नेताहरुबीच केहीबेर चर्काचर्की नै भएको थियो ।

    देउवाले आइतबार विहान पनि श्रेष्ठ र खनालसँग एमसीसी अनुमोदन गर्ने विषयमा नै संवाद गरेका थिए । तर दुबै नेताबाट सकारात्मक जवाफ नपाएकाले प्राधनमन्त्री देउवाले एमालेको साथ लिएर भएपनि एमसीसी अनुमोदन गराउन छलफल थालेको निकट नेताहरुको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “एमसीसी पास नगरे गठबन्धन भत्काइदिने प्रधानमन्त्री देउवाको चेतावनी”

    1. […] सभापति शेरबहादुर देउवा जसरी भए पनि एमसीसी पारित गराएरै छाड्ने पक्षमा उभिएका छन् । देउवाले सकभर यही […]

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार