Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसी पास नगरे गठबन्धन भत्काइदिने प्रधानमन्त्री देउवाको चेतावनी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनी दिएका छन् ।

स्रोतका अनुसार शनिबार साँझ सत्तारुढ पाँच दलको बैठक राखेर स्थानीय निर्वाचनमा जेठमा गर्ने सहमति जुटाएका देउवाले एमसीसीबारे छलफल गर्दै यस्तो चेतवानी दिएका हुन् ।

बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ज्ञानेन्द्रबहादुर कार्की थिए ।

बैठकमा कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने भन्दै संसदबाट अनुमोदन गर्नुपर्ने बताएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार शनिबारको बैठकमा प्रधानमन्त्री देउवाले जसरी भए पनि एमसीसी पास गर्ने अडान राखेका थिए । जसका कारण शीर्ष नेताहरुबीच केहीबेर चर्काचर्की नै भएको थियो ।

देउवाले आइतबार विहान पनि श्रेष्ठ र खनालसँग एमसीसी अनुमोदन गर्ने विषयमा नै संवाद गरेका थिए । तर दुबै नेताबाट सकारात्मक जवाफ नपाएकाले प्राधनमन्त्री देउवाले एमालेको साथ लिएर भएपनि एमसीसी अनुमोदन गराउन छलफल थालेको निकट नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077