Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोरोना परीक्षणको विवरण पठाउन महाशाखाको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रयोगशाला बाहिर गरिएको कोरोना परीक्षणको विवरण पठाउन आग्रह गरेको छ।

मन्त्रालयका निर्देशक कृष्णप्रसाद पौडेलले आइतबार एक सूचना जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु किनेर कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएमा उक्त विषयको जानकारीका लागि यस्तो आग्रह गरेका हुन्।

प्रयोगशाला बाहिर गरीएका परीक्षणको नतिजाको जानकारी प्राप्त नभएको र जसले गर्दा महामारी व्यवस्थापनका लागि संक्रमितको तथ्यांक प्राप्त हुन नसकेको महाशाखाको भनाइ छ।

महाशाखाले उक्त विवरण इमेल तथा कल सेन्टरको निस्शुल्क नम्बर १११५ मा एसएमएस गर्न अनुरोध गरेको छ।

यस्तो छ महाशाखाको अपिल:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077