Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अब मन्त्री आलेको नजर पशुपति क्षेत्रमा, अतिक्रमण गरी निर्माण गरिएका टहरा हटाउन निर्देशन

    अब मन्त्री आलेको नजर पशुपति क्षेत्रमा, अतिक्रमण गरी निर्माण गरिएका टहरा हटाउन निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन् ।

    आज पशुपति क्षेत्रको निरीक्षण तथा अनुगमन गर्दै मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका टहराहरू १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् ।



    उनले भने,’गुह्येश्वरीमा थुप्रै ठाउँमा टहराहरू बनाएर कब्जा गर्ने र अतिक्रमण गर्ने काम भएको छ, यहाँ बनाइएका टहरा हटाउन निर्देशन दिएको छु, अतिक्रमण गर्न पाइँदैन ।’



    सथौ मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषको हाताभित्र थुप्रै विकृति भएका र विगतमा सदस्य सचिव भएकाहरूले मनपरी ढङ्गबाट काम गरेको आरोप लगाए ।

    उनले विकास कोषमा कुनै पनि मासिक भाडा नआउने गरी निःशुल्क रूपमा गाईपालनका लागि जमिन दिएको पाइएकाले ती विकृतिको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार