Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अनेरास्ववियुले निर्वाचनको मिति घोषणाका लागि सरकारलाई दबाब दिन आन्दोलन गर्ने

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गर्दै आन्दोलन गर्ने भएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै समयमै निष्पक्ष निर्वाचनको सुनिश्चितताको माग गर्दै सरकारलाई दबाब दिन अनेरास्वियुले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आइतबार संगठनकी अध्यक्ष सुनिता बरालले आफूहरूको माग पूरा नभए लाखौँ विद्यार्थीलाई सडकमा उतार्ने विज्ञप्तिमार्फत चेतावनी दिएकी छन् ।

माघ १७ गते देशैभरिका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गराउने संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077