Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गठबन्धनमा एमसीसी सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा सत्य होइन : नेता श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति गठबन्धनमा नभएको स्पष्ट पारेका हुन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित नभए गठबन्धन तोड्छु नभनेको पनि उनले दावी गरे ।

गठबन्धन बैठकमा सभापति देउवाले मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित नभए गठबन्धन कायम रहन नसक्ने भन्दै आएका समाचारमा सत्यता नभएको उनले बताए ।

‘प्रमले एमसीसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन ।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन ।’ कुनै भ्रममा नपरौं', उनले भनेका छन् । साथै उनले यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077