Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन विवाद : आफ्ना सेना युक्रेनको भूमिबाट फिर्ता लैजान रुसलाई आग्रह

एजेन्सी । युक्रेनले आफ्नो सीमा क्षेत्रमा परिचालन गरिएका सैनिक फिर्ता लैजान रुसलाई आग्रह गरेको छ । युक्रेनका विदेशमन्त्री डीमिट्रो कुलेबाले सामाजिक सञ्जाल ट्वीटरमार्फत रुसलाई यस्तो आग्रह गरेका हुन् ।

युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने आशंका अमेरिकालगायत पश्चिमा मुलुकले गरेपछि युक्रेनले रुसलाई सीमामा परिचालन गरेका सेना फिर्ता लिन आग्रह गरेको हो ।

अल जाजिराका अनुसार यस्तोमा युक्रेनले रुसलाई आफ्नो सेना फिर्ता लैजाँदै निरन्तर वार्ताको माध्यमबाट अहिलेको समस्या समाधानको लागि आग्रह गरेको हो ।

‘यदि रुसका अधिकारीहरु साँच्चिकै गम्भीर छन् र उनीहरुले नयाँ युद्ध चाहँदैनन् भने रुस निरन्तर कूटनीतिक सम्पर्कमा रहनुपर्छ र आफ्ना सेना युक्रेनको सीमा तथा अस्थायीरुपमा कब्जा जमाएको युक्रेनको भूमिबाट फिर्ता लैजानुपर्छ। कूटनीति एक मात्र जिम्मेवारपूर्ण मार्ग हो, उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077