Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अनलाइनमार्फत् जुवा खेलेको आरोपमा चार महिलासहित ७४ जना पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले अनलाइनमार्फत् जुवा खेलमा संलग्न रहेको आरोपमा ७४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ६६ पुरुषसहित ४ महिला रहेका छन्।

उनीहरुलाई आइतबार साँझ ७ बजे बौद्दस्थित प्लटिङ नजिकको रेष्‍टुरेन्टमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दोलखा घर भइ हाल बानेश्‍वर बस्ने ३० बर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्‍टुरेन्टमा ठूलो संख्यामा मानिसहरु भेला भएर अनलाइन बिङ्गो खेलमा संलग्न रहेका भनी बिशेष सूचनाको आधारमा परिसर र प्रहरी बृत्त बौद्दबाट संयुक्तरुपमा खटी गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ६ लाख १९ हजार नगदसहित बट्टाभित्र ७० हजार समेत बरामद गरिएको प्रहरीको भनाइ छ।

घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त बौद्दबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत 'जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077