Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमसीसी बहस:

    अमेरिकाले नेपाली भूमि हडप्न एमसीसी पास गराउन खोजेको दुर्गा पौडेलको आरोप

    अमेरिकाले नेपाली भूमि हडप्न एमसीसी पास गराउन खोजेको दुर्गा पौडेलको आरोप

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकाले नेपाली भूमि उपभोग गर्नकै निम्ति एमसीसी सम्झौता पास गराउन चाहेको आरोप लगाएकी छन्।

    पौडेलले सगरमाथा टेलिभिजनबाट प्रसारित एसटिभी च्याट’ कार्यक्रममा प्रस्तोता सुनिल दाहालसँगको अन्तर्वातामा यस्तो आरोप लगाएकी हुन् ।



    एमसीसी पास नभए सत्ता गठबन्धन टुट्छ ? भन्ने प्रश्नको जवाफमा पौडेलले भनिन्, ‘ अमेरिकाले नेपाली भुमि लिनकै लागि यो सम्झौता पास गराउन खोजेको हो, हामीले सहयोग त जापानको पनि लिएकै छौं, खै ? त्यसमा पास गर्नु पर्ने थिएन।



    कार्यक्रममा राजमोले एमसीसी सहज रुपमा स्वीकार्छ ? भन्ने प्रश्नको जवाफमा यही अवस्थामा एमसीसी पास नहुने पौडेलको तर्क छ। उनले आगामी स्थानीय निर्वाचनमा गठबन्धन एकसाथ रहने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार