Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड, एमसीसीबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड सोमबार बिहान देउवा भेट्न बालुवाटार पुगेका हुन्।

भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको स्रोतको भनाइ छ । पछिल्लो समय सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस हुँदै आएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077