Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • दुर्गेश थापाको ‘पैसा’ बन्द गर्न माग, महिलाको गरिमामाथि खेलवाड गरेको आरोप

    दुर्गेश थापाको ‘पैसा’ बन्द गर्न माग, महिलाको गरिमामाथि खेलवाड गरेको आरोप

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 2K
    SHARES

    काठमाडौँ । वैज्ञानिक समाजवादी महिला सङ्गठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ ।

    सङ्गठनले आइतबार विज्ञप्ति जारी गरी हालचालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अनुरोध गरेको हो ।



    ‘कलाकारले प्रयोग गर्ने शब्द, वेशभूषा र प्रस्तुतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ, नेपाली समाजमा महिलामाथि हुने बलात्कारजन्य हिंसा, मानसिक र शारीरिक रूपमा हुने हिंसा वृद्धिमा सिनेमा, साहित्य र गीतमा महिलाको गरिमा र अस्तित्वलाई सस्तो र महिलाद्वेषी प्रस्तुत पनि एक कारण हो’, विज्ञप्तिमा भनिएको छ।



    यस्तो छ विज्ञप्ति:

    यसअघि पनि थापा आफूले सिर्जना गरेका र गाएका गीतका कारण विवादमा पर्दै आएका थिए । जसमा तीज गित ‘बीच्च बीच्चमा’, तिहार गीत ‘डन आयो डन’ ‘बीच्च बीच्चमा २’ र ‘बीच्च बीच्चमा ३ जस्ता थुप्रै रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार