Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कलाकार दुर्गेश थापामाथि ढुङ्गा प्रहार

    कलाकार दुर्गेश थापामाथि ढुङ्गा प्रहार

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    कपिलवस्तु । कलाकार दुर्गेश थापामाथि ढुङ्गा प्रहार भएको छ । कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवको शनिवार आकर्षणको रूपमा रहेका थापामाथि ढुङ्गा प्रहार भएको हो ।

    मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्रहार भएपछि उनको प्रस्तुति रोकिएको थियो । आक्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।



    किन र कसले ढुङ्गा प्रहार गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।



    पल शाहलाई फसाउन सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए । थापालाई शाहको समर्थकहरूले ढुङ्गा प्रहार गरेको हुनसक्ने आशंका गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार