Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पल-समीक्षा प्रेम विवाद: दुर्गेश थापालाई लाग्यो ठूलो झट्का, महोत्सवबाट हटाइयो

    पल-समीक्षा प्रेम विवाद: दुर्गेश थापालाई लाग्यो ठूलो झट्का, महोत्सवबाट हटाइयो

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीसँगको प्रकरणमा मुछिएका मोडल दुर्गेश थापालाई महोत्सवबाट हटाइएको छ ।

    कैलालीको अत्तरियामा आजदेखि सुरु भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी कलाकारको सूचीबाट थापाको नाम हटाएको हो ।



    थापा विवादमा परेका कारण समस्या हुने भएपछि कार्यक्रमबाट हटाइएको महोत्सव आयोजक समितिले जनाएको छ। महोत्सवमा सर्वसाधारणको भीड हुने र थापामाथि हातपात हुने सम्भावना देखिएपछि हटाइएको आयोजकको भनाइ छ।



    बिहीबार बिहान पललाई फसाउन दुर्गेशसहित ४ जनाको टिमले गायिका अधिकारीमार्फत जबरजस्ती करणीको योजना बनाएको भन्ने अडियो सार्वजनिक भएपछि उनी विवादमा परेका हुन्।

    त्यसो त उनी विवादमा आइरहने गायकमा पर्दछन्। यसअघि पनि उनी आफ्नै गीत र गीतमा प्रयोग भएका शब्दहरुबाट विवादमा मुछिदै आएका थिए। दुर्गेशको यही हर्कतका कारण राष्ट्रिय लोकगित प्रतिष्ठानले साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको थियो।

    अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव आगामी फागुन २५ गतेसम्म आयोजना हुने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार